अब युट्युब नेपाली भाषामा उपलब्ध
Advertise Here Book Now

गुगल ट्रान्सलेट, जिमेल हुँदै युट्युब पनि अब नेपाली भाषामा उपलब्ध भएकोछ । नेपाली भाषा वा भनौँ देवनागिरी लिपी मात्र बुझ्ने कम्प्युटर प्रयोगकर्ताले इन्टरनेटमा अब सजिलै युट्युब चलाउन सक्नेछन् । युट्युब नेपाली भाषामा भन्नुको मतलब, युट्युब साइट नेपाली भाषामा हुनेछ, तर युट्युबमा रहेका भिडियोहरु यथावत रहनेछन् ।
गुगल र नेपाली स्वयंसेवकहरुको महिनौँको प्रयास पछि, युट्युब नेपाली भाषामा उपलब्ध भएको हो । नेपाली सहित ७५ भन्दा धेरै भाषामा युट्युब उपलब्ध छ। युट्युबमा संसारभरबाट प्रति मिनेट ३०० घन्टा बराबरको भिडियो अपलोड गरिन्छ । डिसेम्बर २०१३ मागुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो भने, जुलाई २०१४ बाट जिमेल नेपाली भाषामा उपलब्ध भएको थियो।
युट्युब पेजको तल रहेको ‘सेटिङस्’मा गएर, ‘ल्याङ्वेज सेक्सन’मा नेपाली भाषा छान्न सकिन्छ । नेपाली ‘क्लिक’ गरेपछि, तपाईको लागि युट्युब नेपाली भाषामा उपलब्ध हुन्छ ।
 youtube-nepali-630x272
youtbbbe-nepali2-630x97

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्