जेपी गुप्ताले भने, ‘मधेशी मोर्चाका नेता न घरका न घाटका’
Advertise Here Book Now

लहानमा अभिायनको बैठक सकाएपछि पत्रकारसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक सत्ताको खेलमा फँसेको बताउँदै काँग्रेस जसरी पनि सत्ता लम्ब्याउने दावमा रहेका छन् भने एमाले सत्ता हत्याउने दावमा रहेका कारण सविधान निर्माणको कार्य ओझेलमा परेको दावी गरे ।
उनले काँग्रेस र एमालेको खेलमा एमाओवादीका अध्यक्ष एवं ३० दलीय गठबन्धनका संयोजक प्रचण्ड अलमलमा परेको दावी गर्दै सोही अलमलको कारण मधेशवादी दललाई धोका दिएको बताए । उनले भने, प्रचण्डजी मधेशको कहिले पनि हुन सक्दैन । पहिलो उहाँले पहाडको समस्या हेर्नुहुन्छ अनि मात्र भयो भने मधेशको कुरा गर्नुहुन्छ । आवश्यक परेको बेलामा मधेशलाई प्रयोग गर्नु भएको छ तर मधेशका लागि केही पनि गरेको छैन । फाइदा मात्र लिएको छ । आफ्नो आवश्यकता पूर्ति भएपछि मधेशलाई छाडेको थुप्रै उदाहरणहरु छन् र अहिले पनि त्यही गरेको छ ।
यति हुँद हुँदै पनि मधेशवादी दलका नेताहरु एमाओवादीको पुच्छर भएर अगाडि बढिरहेको आरोप लगाए । मधेशी दलका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो धोती फुकालेर साडी लगाएर प्रचण्डसँग सत्ति जान तयार रहेको टिप्पणी गर्दै अहिले पनि केही बिग्रेको छैन मधेशी जनता आन्दोलन गर्नका लागि तयार छन् भन्दै आन्दोलनमा आउन आह्वान गरे । -सहारा