आज लोकतन्त्र दिवस
Advertise Here Book Now

दश वर्षमा पूरा भएनन् जनताका अपेक्षा


jana aandolan अाँनलाइन सिरहा डट कम / ११ वैशाख– आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।
जनताको भीषण आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ ।
सशस्त्र युद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले यसै दिन राजतन्त्रलाई घुँडा टेकाएको हो ।
यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति पक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको विशेष महत्त्व रहेको छ ।
सामन्ती राजतन्त्रको अन्य भएर गणतान्त्रिका व्यवस्थाको सुरुवाता भएको ८ वर्ष बितिसक्दा पनि जनताका चाहना भने पूरा हुन सकेका छैनन् ।
अन्तरिम संविधानको निर्माण, गणतन्त्रको घोषणा, संघीय, समावेशी र समानुपतिकको व्यवस्था भए पनि यी संविधानमा लिपिबद्ध भने हुन सकेका छैनन् ।
आन्दोलनको सफलतासँगै जनतामा पलाएका आशा समयमै संविधान निर्माण र जनताका पक्षमा काम हुन नसक्दा क्रमशः निराशामा परिणत भएको राजनीतिक विश्लेषक बताउँछन् ।
- See more at: http://kathmandutoday.com/2015/04/96837.html#sthash.5ruQ465V.9KQvquKX.dpuf

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्