आफ्नै घरको बरण्डाबाट लडेर मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /२८ बैशाख, मोरङ। मोरङको बयरवनमा आफ्नै घरको बरण्डाबाट लडेर एक जनाको ज्यान गएको छ। बयरवन ८ का ५५ वर्षिय गंगाराम गुरागाईको आफ्नै घरको बरण्डाबाट लडेर आइतबार राति ज्यान गएको हो । राति ८ बजेतिर शौचालय जान बाहिर निस्कनेक्रममा उनी अचानक बराण्डाबाट लडेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी चौकी रमाइलोले जनाएको छ।



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्