मधेश पहाडसँग जोडिन नदिने – महासचिव सुमन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /२७ बैशाख । सद्भावना पार्टीको झापा क्षेत्र नं. ६ को क्षेत्रीय भेला आज झापाको खजुरगाछीमा सम्पन्न भएको छ । भेलामा जुरोपानी, गौरीगञ्ज, खजुरगाछी, कोहवारा, कोरोवारी गाविसभित्रका पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय महासचिव मनिष कुमार सुमनले कार्यकर्ताहरुले राखेका जिज्ञासाको जवाफ दिदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अधि सारेका अवधारणाहरुको जानकारी गराएका थिए । भुकम्पमा परी पिडितहरुको उद्दारका लागि मुठ्ठीदान गर्ने र संकलित दानलाई जम्मा गरी भुकम्प पिडितलाई सहयोग गर्ने उनले जानकारी गराए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्