भारतको चर्को बिरोध र चीनको लोकप्रियता बढेपछि मोदीको आकस्मीक बैठक.....
Advertise Here Book Now

http://lh3.googleusercontent.com/-13o-wuvUPeU/VVLSQA6n-XI/AAAAAAAAJzk/LnGG7b0cGto/s1600/Narendra_D_Modi.pngऑनलाइन सिरहा डटकम बैशाख ३० / भूकम्प पीडित नेपालीलाई सहयोग गर्ने नाममा अर्नगल प्रचार तथा उद्दारमा आएका सैनिक तथा हेलिकोप्टरको शंकास्पद गतिविधिका कारण सर्वत्र आलोचना खेपेको भारतले मंगलबारको भूकम्पपछि फेरी नेपालमा सहायता बढाउने तयारी गरेको छ ।यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक डाकेको बताइएको छ ।
बैठकमा मोदीले भूकम्पले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिनुका साथै भूकम्प पीडित नेपालीलाई चीन गरेको सहयोग र नेपाली जनताले चीनप्रती देखाएको सद्भाव र भारतको आलोचना र मिडियाको जथाभावी टिकाटीप्पणीबारे समेत चासो लिएको बताइएको छ । मोदीले बैठक आयोजना गरेको र नेपालको भूकम्पको
क्षतीको विवरणबारे जानकारी लिएको उनको कार्यालयले ट्वीटरमार्फत जनाएको छ । मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन समेत दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्