नेपालको पोस्टमा आधादर्जन गोल, साफ महिला फुटबलको उपाधि भारतलाई
Advertise Here Book Now
यसअघिका दुवै संस्करणमा पनि नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । तर, यो संस्करणमा भने नेपाल सर्वाधिक गोल अन्तरले पराजित भएको हो । सन् २०१२ मा श्रीलंकामा भएको श्रृंखलामा नेपाल ३–१ ले हारेको थियो ।
खेलको २६औं मिनेटबाट गोल खान थालेको नेपाल मध्यान्तरसम्म ३–० ले पछि परेको थियो । मध्यान्तरपछि इन्जुरी समयको दोस्रो मिनेटसम्म नेपालले थप तीन गोल खाएको हो । भारतलाई जिताउन बालादेवी एक्लैले चार गोल गरिन् ।
सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा ठाउँ बनाएको थियो भने श्रीलंकालाई ५–० ले पराजित गर्दै भारतले सदाबहार प्रतिद्धन्द्धी नेपालसँगको भिडन्त तय गरेको थियो ।
गोलको वर्षा नै गर्नेक्रममा भारतले पाँच खेलमा ३६ गोल गर्दा एक गोलमात्र खायो । फाइनल पुग्दासम्म १४ गोल गर्दा एक गोल नखाएको नेपालले फाइनलमा भने आधादर्जन गोल खान पुगेको हो ।
सात युवा खेलाडीसहित अनु लामा नेतृत्वको टिम सशक्त रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताउँदै आएपनि भारतसँगको खेलपछि हैसियत स्पष्ट भएको छ । नेपालले अझ थुप्रै मेहनत गर्नुपर्ने देखिएको छ ।