जहाँका किशोरी प्याड माग्न संकोच मान्दैनन्
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ १५ / जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरू महिनाबारी हुँदा खुलेर सेनेट्री प्याड माग्न थालेका छन । 
padअहिले पनि जिल्लाको ग्रामिण भेगका किशोरीहरू महिनाबारी हुँदा प्याड प्रयोग नगर्ने बानी रहे पनि जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरू खुलेआम महिनाबारी चाहिने जति प्याड मागेर प्रयोग गर्ने गरेका छन् । 
सेभ द सप्तरी तथा सेभ द चिल्डे«नको संयुक्त साझेदारीमा संचालित परियोजना अन्र्तगत महिनाबारी सरसफाई दिवस मनाउनको लागि बिहिबार आयोजित महिनाबारी सरसफाई अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यालयका कक्षा ८, ९ र १० का किशोरीहरूले महिनाबारी हुँदा खुलेर प्याड प्रयोग गर्ने गरेको बताए ।
सो अभिमुखीकरण कार्यक्रममा सहभागि कक्षा १० मा अध्ययनरत संजु कुमारी यादव भन्छिन, “यसअघि महिनाबारी हुँदा विद्यालय नै नआउने गरेको तथा संस्थाले आफू किशोरीहरूका लागि यस्तो चेतनामूलक कार्यक्रमहरू संचालन गरेपछि अहिले खुलेर महिनाबारी हुँदा प्याडको प्रयोग गर्ने गरेको छु ।” 
ममता कुमारी मण्डलको पनि यस्तै भनाई रहेको छ । उनी भन्छिन, “अहिले पनि ग्रामिण भेगका युवती तथा किशोरीहरू महिनाबारी हुँदा सेनेट्री प्याडको सट्टा पुरानो कपडा प्रयोग गर्ने गरेका छन् । जसका कारण मविभिन्न खाले रोगहरू समेत लाग्ने गरेको छ ।” 
आफूहरू नियमित रुपमा महिनाबारी हुँदा प्याडको प्रयोग गर्दै आएको तथा गाउँका अन्य किशोरी तथा युवतीहरूलाई पनि महिनाबारी हुँदा सफा, स्वच्छ रहनका लागि प्याडको प्रयोग गर्न आग्रह समेत गर्छिन्, कक्षा ९ मा अध्ययनरत ललिता कुमारी साह । सो तालिममा सहभागी अधिकांश किशोरीहरूले महिनाबारी हुँदा आफूहरूले खुलेर प्याडको प्रयोग गर्दै आएको बताईन । 
सो अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्डे«नकी ललिता दास , स्वास्थ्य चौकी ईटहरी बिष्णुपुरकी अनमि ज्योति यादव, शिक्षिका मुन्नी झा, सेभद सप्तरीका फिल्ड अधिकृत नविन प्रसाद चौधरी, संतोष कुमार यादव, महिला पत्रकार अनिता यादव सहितले सहभागी किशोरीहरूलाई महिनाबारी हुँदा प्याडको प्रयोग बारेमा जानकारी दिएका थिए ।
उक्त अभिमुखीकरणमा उक्त विद्यालयका कक्षा ८, ९ र १० का ५० जना किशोरीहरूको सहभागिता रहेको तथा सहभागीहरूलाई एक एक प्याकेट प्याड समेत प्रदान गरेको सेभ द सप्तरीका सामाजिक परिचालक घुरण यादवले जानकारी दिए । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्