पहिले त भूकम्प को डर अब हवा र आंधी तूफान को
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
 जेठ ६/हावाहुरीले विद्यालयको छानो उडाएपछि बैतडीका विभिन्न गाविसमा रहेका झन्डै आधा दर्जन विद्यालयको पढाइ पनि खुला चौरमै हुन थालेको छ । हावाहुरीले पाटन नगरपालिका– ९ वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविको छकोठे भवनको छाना उडाएपछि अहिले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गर्नुपर्ने बाध्यता भएको विद्यालय व्यवस्था समितिका अध्यक्ष कमल बोहराले बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोत नहुँदा हावाहुरीले उडाएको टिनको छानो पुनःनिर्माण गर्न समस्या भइरहेको छ । यसैगरी हावाहुरीले बैतडीकै च्वागड क्षेत्रमा पर्ने शिखरपुर गाविसमा रहेको महादेव पार्वती प्रावि, भटना गाविसमा रहेको पहरौल माविलगायत विद्यालयको छाना उडाएका कारण अध्यापनमा समस्या भइरहेको छ । वर्षात्को समय नजिकिँदै गरेकाले कक्षा कोठाको अभावमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द गर्दा विद्यार्थीको पढाइमा बाधा हुने भन्दै छाना पुनःनिर्माणका लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयसँग आवश्यक पहल गरिदिन माग गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्