Accident,
desh
»
नेपाली को त्रास नस्किदै अर्को हप्ता फेरी भूकम्प आउने सम्भावना ,
नेपाली को त्रास नस्किदै अर्को हप्ता फेरी भूकम्प आउने सम्भावना ,
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ ९ गते /संसारभरिको संभावित भूकम्पको जोखिम र खतरा अध्यन र अनुसन्धान गर्दै आएको अमेरिकी भुगर्व केन्द्र (युएसजीएस) ले आगामी साता नेपालमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको थप ठुला धक्का जान सक्ने
सम्भावना सहितको रिपोर्ट सार्वजिन गरेको छ । आगामी साता मे २० देखि २६
तारिखको सम्भावित तिथिमा नेपालमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको
धक्का जान सक्ने केन्द्रको अनुमान छ ।
युएसजीएसद्वारा बुधबार अबेर राति सार्वजनिक गरिएको बिज्ञप्तिमा भनिएको छ,
गोरखा केन्द्र बिन्दु रहेको अप्रिल २५ तारिख शनिबार गएको भूकम्प लगत्तै मे
१२ मा दोलखा केन्द्र बिन्दु भएर गएको ७.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प
पछि पनि भूकम्पको पराकम्पन र कम्पनहरु क्रमश: गैरहेको र आगामी साता मे २०
देखि २६ तारिखको सम्भावित तिथिमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको
धक्का जान सक्ने संभावित भूकम्पको जोखिम र खतरा रहेको आफ्नो अध्यन
सार्वजनिक गरेको हो ।
बुधबारको बिज्ञप्तिमा केन्द्रले पूर्वानुमान गरेको मे १२ तारिख र त्यस पछि गएको
भूकम्पको धक्काहरुलाई तथ्यको रुपमा अगाडी सारेको छ । यस अघि अप्रिल २५ मा
गोरखाको बारपाक केन्द्र भएर गएको प्रलयकारी महाभूकम्पमा करिब ९ हजार
मानिसको ज्यान जानुको साथै झन्डै २० हजार घाइते बनेका थिए । लगत्तै मे १२
तारिख दोलखा केन्द्र भएर गएको अर्को शक्तिशाली भूकम्पले झन्डै २०० जनाको
ज्यान लिनुको साथै हजारौ घाइते भएका थिए । यस बिचमा ४ रिक्टर स्केल आस
पासको २४८ भूकम्पको धक्का र पराकम्पन गइ सकेको केन्द्रले जानकारी दिएको छ ।
युएसजीएसले आफ्नो बिज्ञप्ति मार्फत पूर्वानुमान गर्दै भनेको छ, ‘आगामी
साता यस अघि अप्रिल २५ र मे १२ जस्तै नेपालले भूकम्पको थप ठुला धक्का
व्यहोर्ने संभावित जोखिम र खतरा छ ।’ स्मरण रहोस नेपालको गोरखा जिल्लाको
बारपाक केन्द्रभै गत महिना अप्रिल २५ तारिख शनिबार गएको प्रलयकारी
महाभूकम्पमा राजधानी काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट,
सिन्धुपाल्चोक, काभ्रे, धादिंग, मकवानपुर, दोलखा लगायतको जिल्लामा रहेका
६०० पुरातात्विक मन्दिर सहित एतिहांसिक धरहरा टावर पूर्ण रुपले ध्वस्त
बनेको थियो भने हजारौ घर र सरकारी भवन समेत नष्ट भएका थिए । अप्रिल २५
तारिख शनिबार गएको प्रलयकारी महाभूकम्पमा भएको क्षतिको पूर्ण विवरण अहिले
सम्म आइनसकेको अवस्थामा नेपालले आगामी साता थप भूकम्पको ठुला धक्का
व्यहोर्ने संभावित जोखिम र खतरा सार्वजनिक हुनुले त्रिपाल र टेन्टमा बसोबास
गरिरहेका नेपालीका लागि आउँदा दिन थप अन्यौल पूर्ण बन्ने अनुमान गर्न
सकिन्छ । काठमाडौंबाट हाम्रा संवाददाता अमिर भट्टराई भन्छन, ‘अप्रिल २५
तारिख शनिबार गएको प्रलयकारी महाभूकम्पले तहस नहस बनेको नेपाली समाज मे १२
को अर्को प्रलयकारी महाभूकम्पले त्रस्त बनेको बेला दिनहुँ जाने पराकम्पन र
युएसजीएस) ले आगामी साता नेपालमा भूकम्पको थप ठुला धक्का जान सक्ने
सम्भावना सहितको रिपोर्ट सार्वजिन भए लगत्तै जन जिवन थप त्रस्त बन्नुका
अतिरिक्त फेरी एक पटक नेपाली समाज पूर्ण रुपले सडकमा आइपुगेको छ ।
काठमाडौंबाट हाम्रा संवाददाता अमिर भट्टराईले दिएको जानकारी अनुसार
उद्धारमा आएको बेलायती चिनुक फिर्ता पठाइएको घटनाले ससंकित नेपाली समाज
उद्धारमा सफल मित्र राष्ट्र बेलायत, जापान, इजरायल, अमेरिका र भारतीय
हेलिकोप्टर सहितको दक्ष सेना फिर्ता पठाउने सरकारी निर्णयको बिरुद्ध
देखिएका छन् ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्