मोटरसाईकल दुर्घटनामा १ को मृत्यु,४ घाइते
Advertise Here Book Now
जनकपुरधाम, १७ जेठ ।
जनकपुर उपमहानगर पालिकाको वडा नम्बर–२५ कुम्हरौडामा शनिबार
अपरान्ह दुई वटा मोटरसाइकल आपसमा जुद्धदा एकजनाको घटना
स्थलमै मृत्यु भएको छ । चार जना घाइते भएकाछन ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार
जनकपुरबाट ढल्केबर तर्फ गइरहेको ज.५ प ४९६८ नम्बरको
मोटरसाइकल र विपरित दिसाबाट आइरहेको ज.५ प ९३८८ नम्बरको
मोटरसाइकल एक आपसमा जुद्धदा ९३८८ नम्बर मोटरसाइकलका
चालक जनकपुर उपमहानगर पालिका वडा नम्बर ४ बस्ने वर्ष २५
का देवशरण यादवको घटनास्थलमै मृत्यु भएकोछ ।
उक्त मोटरसाइकलमा सवार जनकपुर उपमहानगर पालिका ७ बस्ने
रंजीता कुमारी ठाकुर घाइते
भएकी प्रहरीले जनाएकोछ । उनको उपचार
जनकपुर अञ्चल अस्पतालमा भइरहेकोछ ।
प्रहरीका अनुसार ४९६८ नम्बरको मोटरसाइकलमा सवार
तीन जना महोत्तरी जिल्ला सहोवरवा २
बस्ने रनबीर यादव, सोनु कुमार साह र नविन कुमार यादव
घाइते भएका छन । घाइतेहरु मध्ये रनबीर यादव र सोनु
साहलाई थप उपचारका लागि बिराटनगर तर्फ पठाइएको अस्पतालले
जनाएकोछ ।
तिव्र गतिमा रहेको र तीन जना सवार भएको कारण दुबै
मोटरसाइकलको सन्तुलन बिग्रेर एक आपसमा ठोक्किएको थियो ।
ठोक्किएका दुबै मोटरसाइकलहरु बजाज कम्पनीको
पल्सर र कैलिभर रहेको बताइएकोछ