पराकम्पन कम हुन थाल्यो, जनजीवन सामान्य तर्फ
Advertise Here Book Now

काठमाडौं, जेष्ठ १८ ।  बैशाख १२ गतेको महाभूकम्पपछि पराकम्पन आउनेक्रम आजबाट कम हुँदै गएको छ । आज विहान ४:३५ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको पराकम्पन गएयता झट्का महशूस भएको छैन ।
पराकम्पन कम हुँदै गएपछि जनजीवन सामान्य हुन थालेको छ । पसलहरु खुल्न थालेका छन । राजधानी बाहिरिएकाहरु धमाधम फर्कन थालेका छन् ।
शनिबार राति १० बजेर १३ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर आएको ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनको धक्का काठमाडौमा पनि महसुस भएको थियो ।
पराकम्पनको धक्काले निकै हल्लाएपछि स्थानीयहरु राति बाहिर निस्केका थिए । भूकम्पविदहरुले पराकम्पन आउने क्रम केही समय रहने भन्दै मानव निर्मित संरचनाबाट जोगिन सुझाएका छन् । आजको इमेज खबरमा खबर छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्