बालक अपहरणमा परेपछि गाउँ शोकमा
Advertise Here Book Now

अपहरित बालक श्रवण भण्डारी। तस्विर :  सन्तोष कुमार

सिरहाको सुखिपुर ६ दहिपौडी टोलका १४ वर्षीय बालक श्रवण भण्डारीलाई अज्ञात समूहले अपहरण गरेपछि गाउँ शोकमा डुबेको छ। स्थानीयको भोक र निद्रा हराएको छ। स्थानीय यूवाहरु गाउँमा रातभर जाग्राम बस्छन्।
अपहरणकारीले अपहरित बालकका आमा अरहुलीया भण्डारीसँग २० लाख फिरौती माग गरेका छन्। तर, उनीसँग फिरौती तिर्ने श्रमता छैन्। कृषि पेशाले गुजारा गर्दै आएका उनी सामान्य आर्थिक हैसियतका छन्। उनी भन्छिन्, ‘घर चलाउन त समस्या छ। अपहरणकारीलाई कहाँबाट यत्रो रकम दिनसक्छु?’
अपहरित बालक स्थानीय मदरल्याण्ड बोर्डिङ स्कूलको कक्षा तीनमा पढ्छन्। जेठ ११ गते राति परोसी रामअशिष यादवको छोरीको विवाहको चहल पहल थियो, बाजागाजा बजिरहेको थियो। त्यही मौका छोपेर अपरिचित व्यक्तिहरुले बालक भण्डारीको अपहरण गरेको अनुमान प्रहरीको छ।
अपहरणकारीले एनसेलको नम्बर (गोप्य राखिएको)बाट फोन गरेर फिरौती मागेका हुन्। उक्त मोवाइल हिजोसम्म ‘अफ’ थिएन। तर पनि प्रहरीले ‘लोकेशन’ पत्ता लगाएर बालकलाई अपहरण मुक्त गराउन सकेका छैन्। यो घटनामा प्रहरीको अनुसन्धान फितलो देखिएको छ।
स्रोतका अनुसार अपहरणकारीले २० लाख फिरौती बुझाएर हिजो आईतबार बालकलाई अपहरण मुक्त गर्ने बताएका थिए। तर अझै अपहरण मुक्त गरेका छैन्। जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव बुढाथोकी भन्छन्– ‘अहिलेसम्मको प्रगति शून्य नै भन्नुपर्छ। तर हामीले सकुशल अपहरण मुक्तका लागि प्रयास गरिरहेका छौं।’

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्