विवाद मिलाउन कार्यदलले आजदेखि छलफल थाल्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असाढ़ ३ /संविधान मस्यौदा तयार गर्न बनेको कार्यदलले आजदेखि विवाद समाधानका विषयमा छलफल सुरु गर्दैछ । नयाँ संविधानका बाँकी विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलले आजबाट उक्त कार्य सुरू गर्न लागेको हो ।
समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायत बाँकी विवाद समितिको पूर्ण बैठकबाटै निरूपण गर्नेगरी प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनमाथि दिनभरि भएको छलफलले विवाद समाधान गर्न नसकेपछि सभापति सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय भएको हो ।
कार्यदलमा पाँच उपसमितिका सभापति सदस्य छन् । कार्यदलले विवाद निरूपण र मस्यौदा एकीकरणको काम असार ७ को समयभित्र सक्ने म्यान्डेट पाएको छ । आज बिहान ११ बजेपछि कार्यदलले छलफल थाल्ने संसद सचिवालयले जनाएको छ । नागरिकता सम्बन्धी विवादमा भने एकै दलका सभासदबीच पनि फरक–फरक प्रस्ताव र अडान छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्