संबिधानसभा बाट बाहिरिने सद्भावनाको चेतावनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम शैलेन्द्र अम्बेडकर भैरहवा, ७ असार ÷  सोह्र बूंदे सहमती धोखा भएको बताउदै नामांकन तथा सीमाकंन सहितको संघीयता नआए सदभावना पार्टी संबिधान सभा बाट बाहिरिने चेतावनी दिएको छ । भैरहवामा आयोजित अन्र्तकृया कार्यक्रममा बोल्दै सद्भावना पार्टीका राष्ट्रीय उपाध्यक्ष एवम् संबिधान सभा सदस्य नरसिंह चौधरीले अब काँग्रेस, एमाले र एमाओवादीका कारण सोह्र बूंदे सहमती मार्फत नामांकन तथा सीमाकंन सहितको संघीयताको अधिकार नपाईने हुँदा पार्टी सदनबाट बाहिरिएर सडक संघर्ष बाट जनताको अधिकार स्थापित गर्ने बताए । स्वरुप बिनाको संघीयताका कारण देश मुठभेडमा गए त्यसको जिम्मेवारी तीन ठूला दलले लिनु पर्ने उनले जिकिर गरे ।उनले अन्तरिम संबिधान २०६३ को धारा ८२ मा संबिधानसभाले नै संघियताको नामांकन र सीमाकंन गर्ने कानूनी ब्यवस्था हँुदा हँुदै पनि सोह्र बूंदे सहमती मार्पmत संघीयतालाई थाती राख्ने षड्यन्त्र भईरहेको हुदा संघीयता नपाए मधेशी जनता मधेश देश बनाउन अघि बढे पछि आफूले पनि प्रदेशको दलाली नगर्ने स्पष्ट पारे । कार्यक्रममा अर्का उपाध्यक्ष  ओमप्रकाश यादव (गुल्जारी) ले नामकंन र सीमाकंन बिनाको पहिलो मस्यौदा टेबुलमा आउने बित्तिकै पार्टीका सबै सदस्यहरु सदन बाहिष्कार गरि सडक बाट अधिकार माँग्ने जानकारी गराए । सो अवसरमा सदभावना पार्टीका केन्द्रिय सदस्य केशवराम त्रिपाठीले महाभूकम्पको बेला   ठूला दलहरुद्वारा मधेशी जनतालाई ठग्ने प्रयास भईरहेको हँुदा मधेशवादी शक्तिहरु तत्काल राजीनामा दिई अधिकारका लागि एकजुट नभए जनताले नपत्याउने कुरामा जोडदिए । अन्र्तकृया कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका महेन्द्र यादव तमलोपका बिजयबहादुर चौधरी नेकपा माओवादी (बैद्य) का आर.पी.शर्मा, स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र यादव, तराई मानव अधिकार रक्षक सञ्जालका शैलेन्द्र प्रसाद हरिजन लागायतले मंतब्य ब्यक्त गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्