सिरहामा ट्रयाक्टरको ठक्कर वाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम श्रीकान्त झा । सिरहा  ।असार ८ गते । ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। भने मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साझ स४प ७८९० नम्बरको मोटरसाइकललाई स१त २०३९ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार सिरहाको थलाहाकट्टी गाविस–१ निवासी ५० वर्षीय कारिदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टरको ठक्करबाट मृतककी २५ वर्षीय छोरा इन्द्रदेव यादव घाइते भएको र निजको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ । घटनापछि फरार ट्रयाक्टर चालकको खोजी भइरहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्