पूर्व प्रधानमंत्रीमाथि कुर्सी प्रहार
Advertise Here Book Now

futeka kursiharuऑनलाइन सिरहा डटकम साउन ४/नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्‍भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।सभा हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको छ।कार्यक्रम सुरु भएपछि माधवकुमार नेपाल र मधेसी नेताहरु।नेपाल सद्‍भावना पार्टीका सभासद् तथा समर्थकहरु नाराबाजी गर्दै।एमाले कार्यकर्ताबाट कुटिएका अनिल झालाई उठाउँदै प्रहरी।

अनिल झालाई हल प्रवेशमा रोक लगाउँदै प्रहरी।अनिल झाकी श्रीमति तथा सभासद् डिम्पल झा नाराबाजी गर्दै।

प्रहरीको लाठी खोस्दै डिम्पल झा।सभा हलमा फालिएका कुर्सी।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्