मुस्लिम आयोग माग्दै सिरहाका मुस्लिम समुदाय आन्दोलित
Advertise Here Book Now

शम्भु यादव, लहान । संविधानमा संवैधानिक मुस्लिम आयोगको व्यवस्था गर्नुपर्ने माग सहित सिरहाका मुस्लिम समुदाय आन्दोलित भएका छन् ।
संविधानको प्रारम्भिक मस्यौदामा मुस्लिमहरुको अधिकार कटौती गरिएको भन्दै सिरहाका मुस्लिम समुदाय आन्दोलित भएका हुन् ।
संयुक्त मुस्लिम संघर्ष समिति सिरहाका मो. हनिफ राईनले प्रेस विज्ञप्ती जारी गरि संविधानमा संवैधानिक मुस्लिम आयोगको व्यवस्था, धर्मनिरपेक्षतालाई कायम राख्नुपर्ने, प्रत्येक मुस्लिमलाई प्रचलित कानूनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने, आफ्नो आस्थामा आधारित धार्मिक शिक्षा लिने र दिने सम्बन्धी हक र आफ्नो मातृभाषामा शिक्षा, सूचना–सञ्चार सम्बन्धी हक हुने संवैधानिक व्यवस्था गर्न माग गरेको छ ।
राज्यको नीति निर्माण तहमा मुस्लिम समुदायको समानुपातिक सहभागिताको हक, मुस्लिमलाई प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो पारिवारिक संहिताको प्रयोग गर्दै आफ्नो धर्मको अबलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुने नयाँ बन्ने संविधान हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
यस्तै विज्ञप्तीमा मुस्लिम समुदायका व्यक्तिलाई निजामति सेवा, सेना, प्रहरीलगायतका राज्यका सवै निकाय र क्षेत्रहरूमा समानुपातिक आधारमा रोजगारी प्राप्त गर्ने हक, सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा मुस्लिम समुदायको सशक्तिकरण, प्रतिनिधत्वि र सहमागिताका लागि प्रचलित कानूनद्वारा विशेष व्यवस्था, अन्य जानजाति र भाषाभाषी सरह सुविधा, पृथक राष्ट्रिय पहिचान, मौलिक हकको रुपमा मुस्लिम हक, मुस्लिम स्वायक्त एवं संरक्षित क्षेत्रको घोषणा गर्न माग गरिएको छ ।
साथै विज्ञप्तीमा माग सम्बोधन नभए सशक्त दवावमुलक विरोधका कार्यक्रमहरु गर्ने चेताबनी समेत दिइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्