वैद्यनाथ धाममा भागदौड हुँदा ११ को मृत्यु, सयौ घाइते
Advertise Here Book Now

पूर्वी भारतको झारखण्ड राज्यमा अवस्थित वैद्यनाथ धाम (बाबाधाम) मा भएको भागदौडमा परी कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साउने सोमबार गरिने पूजाका लागि दर्शनार्थीहरु आइतबार रातिदेखि नै लाम लागेर बसेका र सोमबार बिहान भागदौड हुदा लाममा रहेकामध्ये कम्तीमा पनि ११ जनाको ज्यान गएको बताइएको छ ।
प्राप्त समाचार अनुसार आइतबार रातिदेखि करिब एक लाख ५० हजार जना दर्शनार्थी लाम लागेर बसेका र दर्शनार्थीको लाम कम्तीमा पनि एक किलोमीटर लामो रहेको बताइएको छ । झारखण्ड राज्यको बैद्यनाथ ज्योतिलिङ्ग मन्दिरमा सो दुर्घटना भएको बताइएको छ ।
मन्दिरको ढोका खुलेको सूचना लाममा बसेका दर्शनार्थीहरुलाई दिइएपछि को पहिला जाने भन्ने हुल बढेको र त्यसमा परी कयौ मारिनुका साथै घाइते भएको बताइएको छ । अधिकारीहरुले जनाएअनुसार लाममा बसेका नागरिकबीच ठूलो भागदौड मच्चिएको थियो ।
कयौ व्यक्ति भीडमा च्यापिएका थिए र भूइँमा पल्टिएका कयौलाई कुल्चिएर मानिस मरेका थिए । बिहान ४ बजे नै मन्दिरको ढोका खुलेर पूजा सुरु भएको थियो । मन्दिरको ढोका खोल्नासाथै रातिदेखि नै लाममा सुतिरहेका व्यक्तिलाई भीडले किचेको थियो ।
यता झारखण्डस्थित नक्सल विद्रोही प्रभावित पलामू र लातेहारमा प्रहरीले बारुदी सुरुङबाट थुप्रै बम बरामद गरेको छ । पलामूका प्रहरी प्रमुख साकेत कुमारका अनुसार पछिल्लो ४८ घण्टामा प्रहरीले ३ सय ५२ वटा बारुद्धी सुरुङबाट बम निकालेको हो ।
वैद्यनाथ धाम (बाबाधाम) मा भगवान शिवको दर्शन पूजा गर्नको लागि धनुषा जिल्लाबाट पनि सयौको संख्यामा भक्तजनहरु त्यसतर्पm गएका छन् । सोमबारको दिन वैद्यनाथ धाममा शिवलिङमा गंगाजल अर्पण गरेमा मनोवाञ्छित फल प्राप्ति हुने जनविश्वास रहेको छ । नेपालबाट हरेक वर्ष हजारौको संख्यामा भक्तजन वैद्यनाथधाम जाने गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्