रौतहटको चन्द्र्रनिगहापुरमा प्रहरी र प्रदर्शनकारीबिच झडप : स्थिती तनावग्रस्त
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असोज १५ / संयुक्त मधेशी लोकतान्त्रीक मोर्चा तथा थारु कल्याणकारीणी सभा र प्रहरी बिच रौतहटको चन्द्रनिगाहपुरमा दोहोरो झडप भएको छ ।शयाैकाे संख्यामा आएका मोर्चाका कार्यकर्ता र प्रहरी बिच चन्द्रनिगाहपुर बजारमा झडप भएको हो । सरकारलाई असहयोग गर्ने केन्द्रीय कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थारु कल्याणकारीणी
सभाले शुक्रबार राजमार्ग अबरुद्ध गर्न खोज्दा झडप भएको थियो । झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले २६ वटा हवाइ फायर ९ वटा आश्रु ग्यास र ९ वटा रबर गोली चलाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादबले जानकारी दिएका छन । प्रर्दशनकारीले प्रहार गरेको ढुंगाबाट प्रहरीको २ वटा सिलधार र एक वटा हेल्मेट फुटाइ दिएको प्रहरी नायब उपरिक्षक यादबले बताए ।
आन्दोलनकारीलाइ सम्झाउन खोज्दा नमानेपछि सुरक्षा अबस्थालाइ कायम राख्न बाध्य भएर गोली चलाउनु परेको प्रहरी नायब उपरिक्षक यादबले बताए । आन्दोलनकारीले घरको छतबाट ढुंगा तथा सिसीको बोत्तलले प्रहरीलाइ प्रहार गरेका थिए । प्रहरीले आश्रु ग्यास,हवाइ फायर र रबरको गोली चलाएपछि आन्दोलनकारीहरु तितिर बितिर भएका थिए ।
प्रहरी र आन्दोलनकारी बिच करिब २ घण्टा दोहोरो झडप भएको थियो । झडपमा परी पूर्व सभासद बबन सिंह थाहरुहट थारुवानका केन्द्रिय सदस्य शैलेन्द्र चौधरी,थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष राम अश्रय चौधरी भाग्य नारायण महतो, नन्दु राम लगायतका प्रर्दशनकारी समान्य घाइते भएको थारु कल्याणकारी सभा रौतहटका जिल्ला सचिब जयराम चौधरीले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्