खडेरीका कारण सिरहामा यो वर्ष धान उत्पादन घट्ने
Advertise Here Book Now

आशिष विश्वकर्मा, ÷     सिरहा, कार्तिक १३ – समयमा आवश्यक वर्षात् नभई खडेरी परेका कारण सिरहामा यो वर्ष धान उत्पादन घट्ने भएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण जिल्लामा यो वर्ष धान उत्पादनमा कमि आउने जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । 
    खेतमा रहेको धान फल्ने समयमा डड्न थालेपछि किसानहरु चिन्तित भएका छने । सिरहाको गोलबजार–८ का धनिराम यादवले आफ्नो एक विगहा जमिनमा लगाएको घान पानी नपरेका कारण सुकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘धान फल्ने समयमा प्रकृतिले पनि साथ दिएन त्यससँगै आन्दोलनका कारण डिजेल नपाउँदा दमकल समेत चलान नस्दा धान सुक्यो ।’ 
आकासे पानीको भरमा खेती हुँदैआएको सिरहामा लामो समयदेखि पानी परेको छैन  ।पानी नपरेका कारण मंसिरे धान सुक्न थालेपछि किसानहरु मर्कामा परेका हुन् ।
    जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार धान फल्ने समयमा पानी नपरेकाले यो वर्ष सिरहामा प्रति हेक्टर एकदेखि डेढ मेट्रिक टन मात्र धान उत्पादन हुने अनुमान गरिएको छ ।
      यस वर्ष खेतीयोग्य जमिनको करिब तीन चौथाई भागमा मात्र धान रोपिएको छ  । कृषि विकास कार्यालय सिरहाका प्रमुख तथा वरिष्ठ बाली विकास अधिकृत रामलखन मण्डलले जिल्लाको धान खेतीगर्न योग्य ६० हजार सात सय ५८ हेक्टर जमिनको करिब ७५ प्रतिशत भागमा मात्र रोपाइँ भएको र मौसम समेत प्रतिकुल रहेकोले धान उत्पादनमा कमी आउने बताउनु भयो । 
     अधिकृत मण्डलका अनुसार गत वर्ष सिरहामा प्रति हेक्टर तीन दशमलव आठ मेट्रिक टन धान उत्पादन भएको थियो । सिरहामा भरपर्दो सिंचाईको व्यवस्था नहुँदा बहुसंख्यक किसानहरु आकासे पानीको भरमा खेती गर्न बाध्य छन् ।
    जिल्लामा कमला, बानो, मैनाबत्ती प्रथम र दोस्रो, निर्दना, बतहा र भूमिगत तथा साना सिंचाई गरी ४२ हजार ७ हेक्टर जग्गामा सिंचाई सुविधा छ । ती नहर तथा कुलोहरु नियमित मर्मत सम्भार नहुँदा क्षमता अनुसारको सिंचाई नहुने किसानहरुको गुनासो रहेको छ । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्