वीरगञ्जमा कर्फ्यू जारी
Advertise Here Book Now

काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि तनावग्रस्त बनेको वीरगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू जारी राखेको छ ।
अर्को सुचना जारी नभएसम्मका लागि कर्फ्यू कायम रहेको स्थानीय प्रशासनले जनाएको छ ।
Advertisement

प्रहरीले हिजो बल प्रयोग गरी वीरगञ्ज–रक्सौल नाका खुलाएपछि मधेसी मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा हिंसा भएको थियो ।
प्रदर्शनकारीले सिमा प्रहरी चौकी ईनर्वामा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउदा एक भारतीय नागरिकको मृत्यु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्