ओनसरी आउनासाथ नेम्वाङका सहयोगी खेदिए
Advertise Here Book Now

सभामुखको सचिवालयबाट कार्यालय सहयोगीसमेत हटाइए 

Image result for photo of onsari in nepalऑनलाइन सिरहा डटकम १७ कात्तिक/ ओनसरी घर्ती सभामुख निर्वाचित भएलगत्तै लामो समयदेखि सभामुखको सचिवालयमा कार्यरत सबै सबै कर्मचारीलाई हटाइएको छ ।
एमाओवादीनिकट कर्मचारीहरुलाई राख्न आफूहरुलाई अपमानजनक ढंगले हटाइएको गुनासो पुराना कर्मचारीले गरेका छन् । सुवास नेम्वाङ सभामुख हुँदाका उपसचिवदेखि कार्यालय सहयोगीलाई समेत त्यहाँबाट हटाइएको छ ।
‘वषौंदेखि व्यवसायिकरुपमा काम गरिरहेका कर्मचारीलाई एमाले भन्दै बाटोमा हिँडिरहेको बेला हटाइएको पत्र थमाउनेसम्मका काम भए’ सचिवालयका एक उच्च अधिकारीले भने ।
सभामुखको सचिवालयमा रहेका उपसचिव सुदर्शन कुइँकेललाई ओनसरी सभामुख भएलगत्तै हटाइएको थियो । उनी सूचना शाखा र सह प्रवक्ताको जिम्मेवारीमा छन् ।
कुइँकेलको ठाउँमा एमाओवादी निकट उपसचिव सुरजकुमार दूरालाई ल्याइएको छ । एमाओवादी सम्बद्ध कर्मचारी संगठनको दबावमा उनलाई त्यहाँ लगिएको हो ।
त्यस्तै सचिवालयमा कार्यरत अधिराज राईलाई पनि त्यहाँबाट हटाइएको छ । उनी अर्थ समितिमा सरुवा भएका छन् । राईको ठाउँमा हरिहर पोखरेल आएका छन् । यसअघि उनी ओनसरी घर्ती उपसभामुख हुँदा उपसभामुखका पीए थिए ।
नेम्वाङ सभामुख हुँदाका कार्यालय सहयोगीलाई समेत सभामुखको सचिवालयबाट खेदिएको स्रोतले जनाएको छ । कार्यालय सहयोगी गोविन्द भण्डारीलाई त्यहाँबाट उपसभामुखमा सरुवा गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्