राप्रपा नेपालद्वारा मन्त्रीको नाम सिफारिस, कुन्तीकुमारी शाही स्थानीय विकास राज्यमन्त्री
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कात्तिक १७/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । 
सो पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठका अनुसार सो पार्टीले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउनेछ । थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहेका छन् ।
राप्रपा नेपालले भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बालार्इ बनाउने निर्णय गरेको छ । मन्त्री सुब्बा हाल विना विभागीय मन्त्री छन । 
स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाहीलार्इ पठाउने निर्णय गरेको छ । यसअघि शाहीको उपसभामुखमा चर्चा थियो । तर, महिला सभामुख बनेपछि उनी उपसभामुखको दाैडबाट बाहिरिएकी थिइन ।  
यसैगरी राप्रपाले सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्