जानकी मेडिकल कलेजमा एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ
Advertise Here Book Now

महेन्द्रनगर (धनुषा), १७ कात्तिक । धनुषामा एमबिबिएसको पुरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी भारत मधुवनीका २५ वर्षका मोहम्मद अफताव आलम आज पक्राउ परेको प्रहरीले जनाएको छ ।
अफताव अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हरिहर ढकालले जानकारी दिनुभयो । परीक्षा सुरु भएको २० मिनेटमै अफतावले उत्तरपुस्तिका बुझाएपछि शङ्का लागेर छानविन गर्दा नक्कली परीक्षार्थी भन्ने थाहा भएको प्रहरीले जनाएको छ । रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्