मधेसी मोर्चा चीन विरोधी होइन् : उपेन्द्र
Advertise Here Book Now

झन्डा जलाउने काम निन्दनीय
ऑनलाइन सिरहा डटकम १६ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबार घेर्ने मोर्चाको तत्काल कार्यक्रम नरहेको बताउनुभएको छ ।
पत्रकार भेटघाटमा बोल्दै उहाँले मोर्चा चीन र भारतको विरोधमा छैन भन्दै कुनै पनि राष्ट्रको झन्डा जलाउने काम निन्दनीय भएको पनि बताउनुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष यादवले आगामी वार्ताको अवस्था हेरेर मोर्चाले आन्दोलनको स्वरुपमा विचार गर्नेछ भन्दै नाटकका लागि मात्र वार्ता गर्न नहुनेमा जोड दिनुभयो ।
उहाँले मोर्चा सहमति र संवादमा विश्वास राख्छ भन्दै सरकार वार्तालाई उपलब्धिपूर्ण बनाउन ठोस रुपमा प्रस्तुत हुनुपर्ने खाँचो पनि औँल्याउनुभयो । अध्यक्ष यादवले मधेसको मुद्दा राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक तबरले हुनुपर्नेमा जोड दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्