महोत्तरीमा २ को मृत्यु, १ घाईते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १९ कात्तिक /महोत्तरीका दुई अलग अलग स्थानमा भएको घटनामा परि २ जनाको मृत्यु भएको छ । महोत्तरीको गौशालामा १ जना बृद्ध तथा सोनमामा १ जना युवती गरि २ जनाको घटनामा परि घटनास्थलमै मृत्यु भएको हो । बुधबार विहान गौशाला नगपालिका १ मा रहेको सिचाईको लागि खनिएको वोरिङको खाल्टोमा परि स्थानिय ६५ बर्षिय लाल बहादुर तमाङको मृत्यु भएको हो ।सचाईको लागि खनिएको सो वोरिङको खाल्टोमा पुरिएर घटनास्थलमै तमाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । त्यस्तै महोत्तरीको सोनमामा बुधबार विहान माटो खन्ने क्रममा डिस्कोले पुरिएर एक जना युवतीको मृत्यु भएको छ ।विहान १० बजेको समयमा स्थानिय कान्तवा खोलाको किनारमा घर लिप्ने माटो खन्ने क्रममा माटोले पुरिएर सोनमा ८ की १२ बर्षिय अंचला कुमारी यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । त्यस्तै सोही घटनामा परि मृतक यादवका दाजु १४ बर्षिय धिरेन्द्र यादव घाईते भएका हुन । समान्य घाईते भएको धिरेन्द्रको स्थानियस्तरमा उपचार भईरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्