हतियार सहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका १३ जना जवानलाई झापामा सशस्त्र प्रहरीले पक्राउ गर्यो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १३/ झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले अाज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्