सरकारी दमन बन्द नगरे मधेशी युवाले बन्दुक उठाउने महतोको चेतावनी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १८ कार्तिक । जारी मधेश आन्दोलनको प्रमुख नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशी माथि नसहने गारि दमन गरेको भन्दै बन्दुक माग्न थालेको बताएका छन् । बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले भने, मधेशी युवाहरु अब बन्दुक माग्न थालेको भन्दै सरकारले तत्काल दमन बन्द नगरे यसको परिणाम भयानक हुने बताउनु भएको छ । अध्यक्ष राजेन्द्र महतो ले भने सरकारले दमन गरेर मधेश आन्दोलनलाई झनै उग्र बनाएको उनको आरोप लगाउनु भयो । उनले भने, मधेश कहिले पनि बिखण्डनकारी रहेन, राष्ट्रिय अखण्डताको पक्षमा रहँदै आएको छ । तर अव सरकार मधेश बारे नसोच केहिपनि हुन सक्छ । पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केन्द्रि सदस्य निजामुद्दीन लगायत उपस्थित थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्