सिरहामा आनदोलन थप कडा, प्रधानमन्त्रि र गृहमन्त्रि को पुतला दहन ।
Advertise Here Book Now


रामनारायन पंडीत
 सिरहा १७ कार्तिक ।
 शान्तिपूर्ण रुपमा अघि बढिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध गर्दै  मोर्चाले सिरहाको मिर्चैया, सहित स्थानमा आन्दोलनलाई सशक्त बनाइएको छ । आन्दोलनलाई थप सशक्त बनाउने क्रम्मा मोर्चाको कार्यकर्ताहरु अहिले पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैयाको कटारी चौकमा  धर्ना बसि यातायात पुर्ण रुपमा अबरुद्ध गरेको छ । आजदेखी मोटरसाइकल सहित दुकान, कलकारखाना, बिद्यालय लगायत पुर्ण रुपमा बन्द गराउने जानकारी दिनु भयो ।    तमसपाको केन्द्रिय महासचिब राम कुमार मंडलको नेतृत्बमा मोर्चाको हजारौ कार्यकर्ताहरु  मिर्चैयाको बिभिन्न चौकमा टायर बालेर प्रदर्शन गरीरहेको छ ।
Click Here

आन्दोलनलाई मिचने सडयन्त्र ग।ेको भनदै आज  मिर्चैयामा मोर्चाको कार्यकर्ताहरु प्रधानमन्त्रि केपी शर्मा ओली र गृहमन्त्रि शक्ति बस्नेतको शब यात्रा निकालने तैयारी भैरहेको सहकर्मी शिब कुमार साह जानकारी जानकारी दिनु भयो । यता  मोर्चाले आन्दोलन सशक्त बनाउन सबै पक्षसंग आग्रह गरेको छ । बिरंगजमा प्रहरी हस्तक्षेप गरेको बिरुद्धमा भोलि देखी सिरहा मिर्चैया गोलबजारमा मोर्चाको  कार्यकर्ताहरुले  प्रधानमन्त्रि र गृहमन्त्रिको पुतला दहन गर्नुभएको थियो । मधेशको जाइज माँग सम्बोधन गर्नको लागी  शान्तिपुर्ण रुपमा धर्नामा बसेको समयमा प्रहरी छापामार शैलीमा हस्तक्षेप गरेको भन्दै मोर्चाको
कार्यकर्ताहरु प्रधानमन्त्रि केपी शर्मा ओली  र गृहमन्त्रि शातिm बस्नेतको पुतला दहन गरेको थियो । मिर्चैयाको मटियर्बा चौक देखी पुतला सहित मोर्चाको कार्यकर्ताहरु सरकारको बिरुद्धमा कडा नाराबाजी गर्दै नगर  परिकर्मा गरी थाना चौकमा कोण सभा गरी पुतला दहन गरेको थियो । त्यसतै आमहडतालको कारण मिर्चैया , गोलबजार, लहान, सिरहा सदरमुकाम, बन्दिपुर चोहर्बा लगायत तराइको जनजिबन प्रभाबित भएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्