लहानमा यसरी होमिए काङ्ग्रेस सडकमा
Advertise Here Book Now


 
लहान , फिरोज शेख मङ्सिर ५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा तराई मधेशमा जारी आमहड्ताल र नाकाबन्दी भएको तीन महिनाभन्दा बढी भइसक्दा पनि समस्याको समाधान निकाल्न नसकेको भन्दै लहानमा नेपाली काङ्ग्रेसले वृहत विरोध प्रदर्शन गरेको छ ।नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नं. १ र लहान नगर समितिको संयुक्त आयोजनामा भएको सो विरोध कार्यक्रममा नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले हालको रुपान्तरित संसदमा दर्ता गरेको जनसँख्याको आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी प्रणाली कायम गर्नुपर्ने विधेयक पास गर्नुपर्ने भन्दै लहानमा प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन गर्दै आयोजना गरिएको नगर परिक्रमामा काङ्ग्रेसका कार्यकर्ताहरुले २०६३ र २०६४ सालमा नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले मधेशवादी दलसँग गर्नुभएको २२ बुन्दे र ८ बुन्दे, थारुहटसँग ५ बुन्दे तथा आदिवासी जनजाति, मुस्लिम, महिलालगायतसँग भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने तथा हाल तीन महिनाभन्दा बढी दिनदेखि चलिरहेको आमहड्ताल र नाकाबन्दीको तुरुन्त निकास दिनुपर्ने माग गरेका थिए ।नगर परिक्रमापछि आयोजित कोणसभामा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अचमितलाल चौधरीले तराई मधेशको मामिलामा काङ्ग्रेसकै केन्द्रीय नेताहरुले फरक फरक दृष्टिकोण व्यक्त गरेर काङ्ग्रेसी कार्यकर्ताको भावनामा प्रहार गरेको उल्लेख गर्दै तराई मधेशमा काम गर्ने कार्यकर्ताहरुको राय लिएर मात्र आफ्नो अभिव्यक्ति दिन आग्रह गरे । यसैगरी, नगर सभापति महेश चौधरीले राज्यको कदमबाट तराई मधेशमा साम्प्रदायिक झगडा हुनसक्ने भएको हुनाले आपसी भाइचाराको सम्बन्ध पुनस्र्थापित गर्दै मधेशको मागमा नेपाली काङ्ग्रेसका स्थानीय तहका कार्यकर्ताहरुको साथ रहेको देखाउन आफूहरुले प्रदर्शन गरेको जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्