पुलिसको गोलीबाट बुवा–छोरी गम्भीर घाइते, बुवाको अवस्था चिन्ताजनक
Advertise Here Book Now

राजविराज, ६ मंसिर । सप्तरी प्रहरीले आइतवार साँझ चलाएको गोली लागेर राजविराज–१ मा बुवा–छोरी घाइते भएका छन् ।
आन्दोलनकारी र प्रहरी बीचको झडप भइरहेको दृष्य आफ्नै घरको दोस्रो तल्लाबाट हेरिरहेको अवस्थामा बुवा दिलिपकुमार साह र छोरी मुस्कान घाइते भएका हुन् । दिलिपलाई निधारमा गोली लागेपछि उनी तत्कालै भुइँमा पछारिएका थिए ।
करिब ४० वर्षिय साहलाई तत्कालै उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिए पनि स्वास्थ्यकर्मीहरुले सेवा ठप्प राखेका कारण उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनीसँगै खेलिरहेकी १० वर्षिय छोरी मुस्कानलाई समेत हातमा गोलीको छर्रा लागेको छ । उनको राजविराजमै प्राथमिक उपचार भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्