आशीष रामलाइ सहिद घोषणा गर, मोर्चा
Advertise Here Book Now


वीरगन्ज १८ कातिक
सयुक्त लोकतान्त्रि मधेसी मोर्चाले प्रेस विज्ञप्ति जारी गरि वीरगन्जमा प्रहरीको गोलीले मृतक भएको भारतीय नागरिक आशीष रामलाइ शहिद घोषणा गर्न मागं गरेको छ । मोर्चाले जारी गरेको प्रेसविज्ञप्तिमा तीन महिनादेखि जारी रहेको ऐतिहासिक मधेश जनआन्दोलनलाई हिंसक दमन गरेर दबाउने नीति अनुरुप सरकारले पटक पटक मानवअधिकारको घोर उलंघन गर्दै गैरराजनीतिक, अबैधानिक र अन्यायपुर्ण तरिका अपनाउदै आएको सर्व्विदितै रहेको उल्लेख गरिएको छ । डेढ महिनादेखि भारतसंग जोडिने सिमानाका ठप्प परेर नाकाबन्दी गर्दै आएका आन्दोलनकारीउपर कायरतापुर्ण ढँगले आक्रमण गरेको घट्नासंगै छिमेकी हितैषी राष्ट्र भारतका एक जना निर्दोष नागरिकको बर्बरतापुर्ण हत्या गरेको दुखद घट्ना मोर्चाले जनाएको छ । घटनामा मारिएका आषिश रामलाई भावपुर्ण श्रधाञ्जली दिदै मृत्यु उपरान्त उनलाई दिइनु पर्ने उचित सम्मानको लागि अपिल गरिएको छ ।
Advertisement

      आफ्नो निजी कामले वीरगन्जतर्फ आएर फर्किने बेलामा प्रहरीको गोलीको आषिश राम शिकार भएको मोर्चाको ठहर रहेको छ  । मधेशको यस आन्दोलनलाई दबाउनैका निम्ति चलाईएको गोलीबाट एक जना निर्दोष ब्यक्ति मारिएकोले यसअघिमा २००७ साल, २०४६ साल र २०६२÷०६३मा नेपालमा भएका आन्दोलनमा मारिएका भारतीय नागरिकलाई सरकारले शहीद घोषण गरी क्षतिपुर्ति प्रदान गरेको पृष्टभुमीलाइ अवगत गराउदै मोर्चाले मृतक रामलाई पनि सोही अनुरुप सम्मान प्रदान गर्नुको साथै परिवारजनलाई उचित क्षतिपुर्ति तथा शहीद घोषणा गर्न जोडदार माग गरेको छ । सिमा क्षेत्रमा प्रहरीले गरेको दमनको क्रममा मारिएका उनलाई हार्दिक श्रधाञ्जली अपर्ण गर्दै आफ्नो निजी काम बिषेशले नेपालतर्फ आउने सिमावर्ती जनतासंग यहाँको प्रहरी प्रसाशनले गरीरहेको दुब्यहवार र ज्यादती बन्द गर्न समेत जोडदार समेत माग गरिएको जनाइएको हो । मोर्चाका तर्फ बाट प्रदीप यादव,पूरुषोत्म झाँ,नेजामुद्दीन समानीर र प्रेमचन्द्र कुश्वाहले संयुक्त रुपमा जारिगरेको  प्रेस विज्ञप्ति मा उलेख गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्