दुबै खुट्टा नभएकी सुन्दरी मोडेल भन्छिन् : मलाई सेक्सी देखिन खुट्टा चाहिन्न (फोटोफिचर सहित)
Advertise Here Book Now


यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको हकमा पनि यहीँ सत्य लागु हुन्छ । जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ अहिले १ हजार डलर भन्दा बढि छ । अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या सेसर पेशाले मोडेल हुन् । विभिन्न ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ भनौँ खुट्टाको नामोनिसानै छैन । कम्मर माथि सबै ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको नाउँमा केवल दुइवटा डल्ला मात्र छन् । थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो जिवनको पूर्वार्धमा निकै दुख पाइन् । थाइल्याण्डका बौद्ध मन्दिर बाहिर मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको १ महिनामै उनका बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको हुँदा एक दयालु अमेरिकी दम्पतिले उनलाई अपनाए र अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए । आज उनी अमेरिकाको लस एन्जल्समा धूम मच्चाइरहेकी छिन् ।
Advertisement

कान्याले १५ वर्षकी हुँदा पहिलोपटक फोटोशूट गराएकी थिइन् । त्यसपछि उनलाई पहिरनको मोडलिंगका लागि ठूला ठूला ब्राण्डहरुबाट अफर आउन लागे । आफु अन्य मानिसहरुभन्दा शारीरिक रुपमा भिन्न भएपनि खुसी रहेको कान्या बताउँछिन् । सेक्सी देखिनका लागि आफुलाई खुट्टाको कुनै आवश्यकता नरहेको उनी बताउँछिन् । उनी समुद्री तटमा जान्छिन् र मजा लिन्छिन् । स्केट बोर्डमा पनि स्टन्ट गर्छिन् र खुलेर, हँसमुख जिन्दगी बिताइरहेकी छिन् । साँच्चीकै उनको यो साहस र अठोट सलाम गर्नलायक छ । उनको शारीरिक अवस्थाले उनको प्रेम सम्बन्धलाई पनि रोक्न सकेको छैन । अहिले उनी एक युवकसँग प्रेम सम्बन्धमा छिन् । झण्डै दुइ महिना भयो यी दुइबीच अफेयर चलेको । प्रेमी ब्रायर्न वाटर्स आफ्नो सबैभन्दा ठूलो फ्यान तथा समर्थक रहेको उनी बताउँछिन् ।
Click Here

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्