मधेशीले के गर्न सक्छन् भन्ने बुझाईका कारण समस्या आयो : राज्यमन्त्री निषाद
Advertise Here Book Now

वीरगंज, २० कार्तिक । नवगठित सरकारका नवनियुक्त उद्योग राज्यमन्त्री तथा मधेश समता पार्टी नेपालका अध्यक्ष मेघराज निषादले नेपाली कांग्रेसले चाहेको भए अहिलेको मधेश आन्दोन नहुने बताएका छन् । उनले कांग्रेसले चाहेर तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले थोरै मेहनत गरेको भए देशमा आगो नलाग्ने बताउँदै अहिलेको मधेश आन्दोलन नहुने जिकीर गरेका छन् ।
तात्कालिन प्रधानमन्त्री कोइरालाको शिथिलपन र मन्त्रीहरुको मधेशीको झिनो मसिनो माग भन्ने बुझाइका कारण मधेशमा आन्दोलन चर्किएको उनको भनाई छ । आन्दोलनकै कारण भारतले नाकाबन्दी गरेको र देशभर हाहाकारको अवस्था सिर्जना भएको समेत उनको बुझाई छ ।
कोइरालाले मधेशका आन्दोलन सम्बोधन गर्न चाहेको भए सम्पूर्ण दलले कोइरालाई साथ दिने समेत उनले ठोकुवा गरेका छन् । तर, संविधान जारी पूर्व मधेशीका समस्यालाई हल्का रुपमा लिएर यो मधेशीहरुले के गर्न सक्कछन् र भन्ने हिसाबले लिएको उनको आरोप छ ।
उनले संविधान जारी पूर्व मधेशीहरुलाई वार्तामा समेत नबोलाएको आरोप लगाएका छन् । सरकारले वार्तामा बोलाएको भए त्यसबेला मधेशी नेताहरु सकारात्मक भएको उनको भनाई छ ।
अझै पनि तराई आन्दोलनको सरकारले वार्ताका माध्यमबाटै हल गर्नु पर्ने उनको भनाई छ । बम र बारुदले कुनै पनि समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले मधेशीका मुद्धालाई सकारात्मक रुपमा बुझिरहेका बेला मधेशी नेताहरुबीचमा रहेको फुटका कारण समस्या समाधान नहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि मधेशको आन्दोलन चाँडो हल गर्न चिन्तित रहेको निषादको भनाई छ । – यात्राडेली

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्