सिरहाका विद्यालय खुलाइने सर्वपक्षीय सहमति
Advertise Here Book Now

 सिरहा, कात्तिक १९ – मधेसमा ८३ दिनदेजी जारी हडतालका कारण बन्द रहेका सिरहा जिल्लाका विद्यालयहरु सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको सर्वपक्षिय क्षलफलबाट विद्यालय सञ्चालन गर्ने सहमति भएको हो । 
    राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 
Advertisement


    विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी डा. विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गर्नुभएको छ ।
    संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण सवैभन्दा बढी सामुदायीक विद्यालयका विद्यार्थी प्रभावित हुँदै आएको छ । निजी विद्यालयहरुले विद्यालय पोसाक नलाई विद्यार्थीलाई पढाउने गरेको भए सामुदायीक विद्यालय पूर्ण रुपमा बन्द रहँदै आएको छ । बन्का कारण जिल्लाका  लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्