माँग पुरा नगरे काठमाँडौमा दानापानी बन्द गर्ने चेताबनी ।
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १५ कार्तिक ।

लामो समय देखि मधेशमा आमहड्ताल जारी रहेपनि सरकार कानमा तेल हालेर सुतेको आरोप लगाउदै सिरहा सहित मधेशमा जारी आन्दोलनलाई सशक्त बनाउने तयारी गरिएको छ । राजेन्द्र महतो नेतृत्बवको सदभाबना पार्टी जिल्ला कार्य समिति सिरहाले अन्तरकृया कार्यक्रम गरी आन्दोलनलाई अझ कडा बनाउनेमा जोड दिएको हो । सिरहाको गोलबजारमा आयोजित अन्तरकृया कार्यकर्मा पार्टीका नेता तथा कार्यकर्ताले सरकारको रबैया प्रति कडा आक्रोश प्रकट गरेका थिए । कार्यक्रममा नेतृ रेणु शर्माले सिमा नाकामा कडाई गरि काडमाँडौमा दानापानी बन्द गर्ने चेताबनी दिए ।  मधेशको जायज माँग सम्बोधन गर्नमा सरकार कुनै कदम नचालेको आरोप लगाउदै मन्त्रि भागबन्डामा ब्यस्त देखिएको भन्दै शर्मा आक्रोश ब्यक्त गरे । त्यस्तै पार्टीका केन्द्रिय सदस्य रोहित महतोले लामो समय देखि मधेश अंधकारमा रहेको बेला सरकारले दिपाबली र भोज भतेरमा लागि मधेशीलाई पछाडी गर्न खोजेको आरोप लगाए । कार्यक्रममा उपस्थित अधिकांश वक्ताले अब कार्यक्रमा पार्टीका हजारौ नेता तथा कार्यकर्ताहरुका सहभागिता रहेका थिए । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्