नेपालको संकट समाधानमा भारत सकारात्मक
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १७/नेपालमा जारी अघोषित नाकाबन्दीका कारण उत्पन्न संकट समाधान गर्न भारत सकारात्मक देखिएको छ ।
भारत भ्रमणमा रहेका उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतले तत्काल संकट समाधान गर्न सकारात्मकता देखाएको हो ।
भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यक्ष दिपकुमार उपाध्यायले भारतीय पक्ष यसअघि भन्दा संकट समाधान गर्न बढी सकारात्मक देखिएको बताए ।
थापाले भारत भ्रमणको क्रममा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल र भारतीय विेदश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।
भारतीय पक्षले नेपाली जनताले भारतको विरोध गरेकोमा धेरै आपत्ति प्रकट नगरे पनि शिर्ष नेताहरुले भारतको विरोध गरेको र नाकाबन्दी लगाएको भनि भारत विरोधी भावना भड्काउन खोजेको प्रति ज्यादै असन्तुष्टी प्रकट गरेका थिए ।
उपप्रधानमन्त्री थापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने अपेक्षामा थिए । तर भारतीय पक्षले बिहीबार बिहान प्रधानमन्त्री मोदीसँग भेट नहुने जानकारी गराएको थियो ।
भारत भ्रमणमा रहेका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्किने भएका छन्।
थापाले विमानस्थल उत्रिएपछि साढे १२ बजे पत्रकार सम्मेलन गरी नाकाबन्दी खुलाउन भएको प्रयासबारे जानकारी गराउने छन्।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्