भारतसँग जोडिएका सबै नाका वीरगन्ज जस्तै बन्द गर्ने महतोको चेतावनी
Advertise Here Book Now

१६ मंसिर, जनकपुर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले धनुषाको ढल्केवरमा सभा गरेको छ । राजमार्ग केन्द्रित विरोधलाई सशक्त बनाउन भन्दै मोर्चाले त्यहाँ सभा गरेको हो । सभामा मोर्चा आवद्ध दलका अध्यक्षले सम्बोधन गरेका थिए ।
सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्तालाई गम्भीर रुपमा नलिएको आरोप लगाउँदै तराई–मधेसमा दुई प्रदेश बाहेक सीमाङ्कनमा लचिलो हुन नसकिने बताए ।त्यस्तै, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनको बहानामा सरकारले सम्प्रदायिक दंगा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनमा जोड दिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै भारतसँग जोडिएका सबै नाका वीरगन्जमा जस्तै बन्द गरिने चेतावनी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्