त्रिपक्षीय बार्ता फेरि निष्कर्स विहीन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम op मंसिर २७/ प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली काग्रेस आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दलका शिर्ष नेताहरुको त्रिपक्षीय बार्ता विना निष्कर्स सकिएको छ । वार्तामा कांग्रेसले पुनः निर्माण विधेयकसँगै संविधान संशोधन प्रस्तावलाई पनि अघि बढाउनु पर्ने अडान राखेको थियो भने मोर्चाले संविधान संसोधन विद्येयकको विपक्षमा अडान राखेको कारण सहमति हुन नसकेको हो । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूहरुले पुनः निर्माण विधेयकसँगै संविधान संशोधनलाई पनि अघि बढाउ गरेको प्रस्तावलाई मधेसी मोर्चाले नमानेको जानकारी दिए । काग्रेसको अडानमा मोर्चाले भने पुनर्निर्माण विधेयक र संविधान संशोधनलाई सँगै अगाडि बढाउने भए मधेसको मागमा प्याकेजमा मात्रै सहमति हुनु पर्ने सर्त राखेको थियो । तमसपाका वरिष्ठ नेता रामनरेश रायले भने, आजको बार्तामा कुनै नयाँ कुरा नभएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्