आन्दोनल तातो–चिसो भइरहन्छ तर माग पुरा नभएसम्म जारी रहन्छ– यादव
Advertise Here Book Now

सिरहा, माघ १४ । मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका उपेन्द्र यादवले शीर्ष दलहरुले मधेशको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् । संविधान संशोधनका नाममा मधेसका जनताको संवेदनामाथि खेलेको भन्दै यादवले संविधान पुनर्लेखन नभएसम्म मधेस आन्दोलन जारी रहने बताए।
“मधेसी र उत्पीडित, पिछडिएका वर्गले अधिकार नपाएसम्म आन्दोलन रोक्ने कुरै हुन्न । सिरहाको लहानमा बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने । “ आन्दोलनका बेला उतारचढाव र चिसो तातो भइरहन्छ, तर यो रोकिँदैन ।”
्मधेस आन्दोलन अधिकारको आन्दोलन भएकाले अझै लामो समयसम्म जानसक्ने यादवले बताए । उनले नेपालमा सात पटक संविधान बनेपनि मधेसीहरुको मागप्रति शासकहरु उदाशीन भएको आरोप लगाउँदै यो पटक अधिकार लिएरै छाड्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस, एमाले र एमाओवादीसहितका पार्टी परित्याग गरी करिब पाँच सय व्यक्ति समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पूर्व गाविस अध्यक्ष र पार्टीका स्थानीय कार्यकर्ताहरुले पूरानो पार्टी परित्याग गरी नयाँमा प्रवेश गरेका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्