नाका खुल्ने कुरा हावागफ मात्र हो, आन्दोलन बर्षौ लम्बिन सक्छ: महन्त ठाकुर
Advertise Here Book Now

माघ १६। मधेस आन्दोलनको अवधि सरकारको रवैयामा भर पर्ने तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले बताएका छन। तराइ मधेसमा आन्दोलनरत मोर्चाको एक घटक तमलोपाका अध्यक्ष ठाकुरले माघ १८ भित्र नाका खुल्ने समाचार सत्य नभएको बताउदै सिमा नाकामा जारि धर्नाबारे समिक्षा हुने बताए। आज शनिबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै ठाकुरले २० गते भित्र बस्ने मोर्चाको बैठकले अहिलेसम्मको मधेस आन्दोलनको समिक्षा गर्ने बताए। नाकाबन्दी बारे अहिले के हुन्छ केहि भन्न नमिल्ने बताउदै उनले ‘ नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल हुन्छ, अनिमात्रै के हुन्छ भन्ने हुन्छ ।’ भनेका छन। संबिधान संशोधनले मधेसमा आन्दोलनरत दलको आंशिक माग मात्र पुरा भएको जानकारी गराउदै उनले आन्दोलन कहिले सम्म भन्ने कुरा सरकारको व्यवहारमा भर पर्ने प्रस्ट पारेका छन।’राजतन्त्रको बिरोधमा भएको आन्दोलन ४ वर्षको थियो, मधेस आन्दोलन कहिले सम्म हुन्छ सरकारको रवैयामा भर पर्छ।’ उनले भनेका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्