सिरहामा कटुवा पेस्तोलसहित युवक पक्राउ
Advertise Here Book Now

चैत १५ । प्रहरीले सिरहाको बिष्णुपुरकट्टीबाट आइतबार राती कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले बिष्णुपुरकट्टी ४ बस्ने १९ बर्षिय जितेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरीले महतोले आफ्नै घरमा लुकाई राखेको अबस्थामा १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोली फेला पारेको हो। महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्