तराईमा दुई प्रदेश – डा. भट्टराई
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत १३। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई ले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटामा लैजान नसके प्रतिगमनको खतरा रहेको बताउनुभएको छ । वीरगन्जमा आज नयाँ शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरङ्कुशता फर्किने खतरा छ ।” भट्टराई विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनमा अडिग संयोजक डा भट्टराईले अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने बताउनुभयो । नयाँ शक्ति नेपालले देशै भर गरिरहेको अन्तर्किया कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराईदेश दौडाहामा छन् |

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्