दुई दिनदेखि बेपत्ता सप्तरीका राय मृत फेला
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत १४ । दुई दिनदेखि बेपत्ता यहाँका ७३ वर्षीय नरबहादुर राय आज अपराह्न जङ्गलमा मृत फेला परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित रक्तमाला समुदायिक वनमा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । मृतक रायका साथबाट तरकारीमा छर्ने ६ सुपरडी नामक विषादी समेत फेला परेको छ । उहाँले विषादी खाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्