सिरहाबाट पेस्ताेल सहित दुर्इ पक्राउ
Advertise Here Book Now

चैत्र १४ । सिरहा नगरपालिकाबाट प्रहरीले विशेष सुराकीका आधारमा मेड इन युएसए पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन् । गएराति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो । उनीहरु स३प ७७९ नंको मोटरसाइकलमा सवार थिए । पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । उहाँले उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्