ट्र्याक्टर दुर्घटनामा मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत १४ । सिरहाको गोविन्दपुरमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी ट्र्याक्टरमा सवार स्थानीयवासी २० वर्षीय ओपिन सदायको घटनास्थलमै मृत्यु भएको छ । गोविन्दपुर–८ डन्डाटोलमा स१त ३०५७ नंको ट्र्याक्टर दुर्घटनामा परेको थियो । शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको र ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्