मधेसमा प्रहरी नै अपहरण र फिरौतीको धन्दामा
Advertise Here Book Now

नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।तर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको राजधानी दैनिकमा समाचार छ । प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो । अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण तथा शरिर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन ।पर्सा प्रहरी प्रमुख एपी राजुबाबु श्रेष्ठले प्रहरी जवान सिंहलाई पर्साको झौवागुठी गानिस ६ घर भई हाल वीरगञ्ज उपनगरपालीका १९ बस्ने २७ वषिर्य राजुकुकार शाह कानुलाई अपरहण गरी फिरौती लिएको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्