मोर्चाद्वारा आज वीरगंज बन्द,वीरगन्जवासीमाथि फेरि बन्दको सन्त्रास
Advertise Here Book Now

पाँच महिना लामो बन्दपछि भर्खरै राहत पाएका वीरगन्जवासीमाथि फेरि बन्दको सन्त्रास फैलिएको छ ।
 वीरगन्ज,चैत्र १३ 
प्रहरी हिरासतमा रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँहसहित तीनजनाको रिहाईको माग गर्दै सिँहका समर्थकहरुले आज बिहानैदेखि वीरगञ्ज बन्द गराएका छन् । शनिबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले वीरगञ्जका चोकचोकमा टायर बालेर प्रशासनको बिरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको वीरगन्ज आगमनको विरोध गर्दै प्रदर्शन गर्नेको क्रममा शुक्रबार प्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह श्रेष्ठलगायत दर्जनभन्दा बढी नेता तथा कार्यकतालाई पक्राउ गरेको थियो।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले पक्राउ परेका मोर्चाका १७ जनामध्ये १४ जना छुटिसकेको र राजेशमान सिंह लगायत तीन जनाको बारेमा अनुसन्धान भइरहेको पुरानो कुनै मुद्धा नभए उनीहरुलाई पनि रिहा गरिने बताए।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्