सिरहामा यसवर्ष सोचे भन्दा बढी आँपको उत्पादन हुने
Advertise Here Book Now

चैत  रामभरोसी यादव
सिरहा– आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष दोब्बर आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका छन् । गत वर्ष २० प्रतिशत आँप उत्पादनभए पनि यस वर्ष अत्यधिक उत्पादन हुने कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् । ‘आँपको रुखमा पात कतै पनि देखिँदैन’, गुरुधामका रामदेब मण्डलले भने , ‘आँपको बोट मन्जरीले ढाँकेको छ । त्यसैले यस वर्ष आँपको उत्पादन निकै बढ्ने सम्भावना छ ।’ मन्जरीमा किरा लाग्न नदिन चिकित्सकको सल्लाहअनुसार औषधि छर्किने उनले बताए । मन्जरी सप्रियो भने एक अर्बभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ९ सय ५० हेक्टर जग्गा मा आँपखेतीको क्षेत्रफल रहेको कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टर आँप उत्पादन भएको थियो भने यो वर्ष १८ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने अधिकृत महतोले जानकारी दिए । अन्य वर्ष पानी र हावाहुरीका कारण आँपको मन्जरी झ¥यो र उत्पादनमा ह्रास आउँथ्यो । तर यो वर्ष अहिलेसम्म कुनै समस्या देखिएको छैन । अहिलेसम्म मन्जरीमा मधुवा किराको प्रकोप पनि नदेखिएकाले उत्पादन बढ्ने कृषि विकास कार्यालय सिरहाले बताइएको छ । यहाँ फल्ने आँप सबभन्दा बढी राजधानी काठमाडाँै र भारतको विहार जाने गर्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्